१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या ।।।
2026-08-28विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
रोल्पाको एक चर्चमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु
पहिरोले पुरिएर वृद्धको मृत्यु
थाङमिचागु डटकम संवाददाता

रोल्पाको एक चर्चमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । रोल्पा नगरपालिका(२ मुलपानीमा रहेको वेथेल मण्डली (चर्च)को माथिबाट आएको पहिरोमा पुरिएर एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा रोल्पा नगरपालिका १० धाङसीकी ७० वर्षीय धनजिता बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक, सूचना अधिकारी केशवराज बराकोटीले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर सुनछहरी गाउँपालिका(३ मौलावन कि १८ वर्षीय नौभा घर्तीमगर घाइते भएकी छिन् । घाइते घर्तीमगरको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण आईतवार बिहान ४ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ । उक्त चर्चमा १० जना बस्ने गरेको र अन्य ८ जना सकुशल रहेको बताइएको छ ।





