यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा, पहिलोपटक बिजुली बालियो
गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा, पहिलोपटक बिजुली बालियो
थाङमिचागु डटकम संवाददाता

यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलोपटक बिजुली बत्ती बालिएको छ।
धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटेल व्यवसायी उत्साहित भएका छन्। विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भए पनि गोसाइँकुण्डमा पहिलोपटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जीप भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सयभन्दा बढी बत्ती बालिसकिएको छ। यहाँ बिजुली पुर्याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए।
चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्याइएको प्रमुख भट्टराईले उल्लेख गरे।
विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता अउनाका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन्।





