इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
महिला भलिबलका १४ खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय
महिला भलिबलका १४ खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।
त्रिपुरेश्वरस्थिति राखेपको कभर्ड हलमा भएको काभा महिला भलिबल लिगमा नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
नेपाली महिला टिमले समूह चरण र सेमिफाइनलमा गरी प्रतियोगितामा सहभागी इरान, श्रीलंका, भारत र माल्दिभ्सलाई हराएको थियो । समूह चरणको एउटा खेलमा इरानसँग हारेको नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो ।
समूह चरणमा ३–२ को सेटमा भारतलाई हराएको नेपाल फाइनलमा भने भारतसँग ३–२ को हार बेहोर्न पुगेको थियो ।





