शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

0Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

थाङ्मीचागु डटकम संवाददाता
बुधबार, ३० साउन २०८१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।

कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल ५६ वटा कलेजमा मात्रै भर्ना आह्वान गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ ।

ती ५६ वटा बाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ससम्बन्धी कलेज/शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना नगर्न/नगराउन अनुरोध गरेको हो । 

विदेशी विश्वविद्यालयशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकलेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *