सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

0Shares

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

थाङ्मीचागु डटकम संवाददाता
धनगढी, साउन २०
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मिँयाले दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

शुक्रबा  मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाएका हुन्।

केन्द्रमा नयाँ समीकरण बनेसँगै ढलेको सुदूरपश्चिम केन्द्रीय नेताहरूको सहमतिअनुसार कांग्रेसको भागमा परेको थियो।

सुदूरपश्चिम प्रदेश सरकार कांग्रेसले नेतृत्व गर्ने भनिएपनि मुख्यमन्त्री को बन्ने भन्ने विषय अझै टुंगो लागेको छैन।  

 मुख्यमन्त्रीका लागि सांसदहरूबीच रस्सकस्सी नै चलेको छ।

यसअघिका मुख्यमन्त्री एवम् संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र सासंद बहादुरसिंह थापा मुख्यमन्त्रीको दौडमा छन्।  

कांग्रेसले सहमतिमै मुख्यमन्त्रीको टुंगो लगाउने र  सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने बताएको छ।

यो पनिः सुदूरपश्चिमको मुख्यमन्त्री बन्न कांग्रेसभित्र हानथाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *