रड बोकेको ट्रक पल्टिँदा चालक र सहचालक घाइते

0Shares

रड बोकेको ट्रक पल्टिँदा चालक र सहचालक घाइते

थाङमिचागु डटकम संवाददाता

ट्रक दुर्घटना पछि रडले च्यापेका चालक र सहचालकलाई  उद्धार भएको छ।

चालक र सहचालकको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ।

बिहीबार बिहान पौंने ११ बजे लमहीबाट घोराही आउँदै गरेको ना ६ ख १६५३ नम्बरको रड बोकेको ट्रक घोराही उपमहानगरपालिका – ३ कुइरेपानी नजिक दुर्घटना भएको थियो।

दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार ट्रक आफै अनियन्त्रित भएर पल्टिएको थियो। ट्रक पल्टिँदा सोही ट्रकको रडले चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ५ का ५९ वर्षीय हरिबहादुर खत्री र  सहचालक सोही ठाउँका १८ वर्षीय दिलिप थारु च्यापिएका थिए।

प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरी र अन्य सर्वसाधारणले  चालकलाई केही बेरमै रड पन्छाएर चालक र सहचालकको उद्धार गरिएको थियो।सहचालक दिलिपको उद्धारका लागि भने जेसिबी प्रयोग गरिएको एसपी केसीले बताए।

घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *