४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश ३ प्रमुखहरूलाई शपथ गराएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश ३ प्रमुखहरूलाई शपथ गराएका छन ।
थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १७
तस्बिर: राष्ट्रपतिको सचिवालय
तीन प्रदेश प्रमुखले शपथ लिएका छन्।
शीतल निवासमा बिहीबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ गराएका हुन्।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार शपथ लिएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेका थिए।
सरकारले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेलले पदमुक्त गरेका थिए।





