ग्यास अभावपछि टेकुबाट प्रत्यक्ष वितरण सुरु, सिलिन्डर लिन उपभोक्ताको लामो लाइन
2026-08-02सुनसरी घटनापछि मधेसमा शान्ति फर्किँदै, जनजीवन सामान्य बन्दै
2026-08-02
Sunday, August 2, 2026
ग्यास अभावपछि टेकुबाट प्रत्यक्ष वितरण सुरु, सिलिन्डर लिन उपभोक्ताको लामो लाइन
ग्यास अभावले टेकुमा लामो लाइन, निगमबाट प्रत्यक्ष वितरण
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन १७ — काठमाडौं उपत्यकामा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालय परिसरबाट प्रत्यक्ष ग्यास बिक्री–वितरण सुरु गरेको छ।
निगमले साउन १६ गतेदेखि बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म सम्बन्धित उद्योगमार्फत ग्यास वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसअन्तर्गत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण भइरहेका छन्।
ग्यास अभावका कारण टेकुस्थित निगम कार्यालयमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको देखिएको छ। निगमले उपभोक्तालाई निर्धारित समयमै ग्यास लिन आउन र अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ।



