मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
समानुपातिकतर्फ रास्वपाको दबदबा, करिब ५० प्रतिशत मतसहित अग्रस्थानमा ।।।
२४ फागुन २०८२, आइतबार
समानुपातिकतर्फ रास्वपाको दबदबा, करिब ५० प्रतिशत मतसहित अग्रस्थानमा
भक्तपुर । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता बनाएको छ। हालसम्मको परिणामअनुसार रास्वपाले करिब ५० प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ समानुपातिक मतगणना सम्पन्न भएको छ। जसमा रास्वपाले १६ लाख ४१ हजार १५३ मत प्राप्त गरेको छ।
यस्तै, नेपाली कांग्रेस ५ लाख ५५ हजार ९ सय मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा छ।
यसैगरी नेकपाले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।





