मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
जेन–जी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
२४ फागुन २०८२, आइतबार
जेन–जी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
काठमाडौं । जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोलीले प्रधानमन्त्री शुसीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिएका छन्।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे तथ्यगत अध्ययन गरी आयोगले प्रतिवेदन तयार पारेको बताए। आयोगले देखेको, बुझेको र प्रमाणका आधारमा राय तथा सुझावहरू प्रतिवेदनमा समेटिएको उनले बताए।
उनका अनुसार अब उक्त प्रतिवेदन सरकारको सम्पत्ति भएकाले त्यसअनुसार आवश्यक कारबाही गर्ने वा राम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने जिम्मेवारी सरकारकै हुने छ। आयोगले गल्ती गर्नेहरूलाई कारबाही र राम्रो काम गर्नेहरूलाई सम्मान गर्नुपर्ने सिफारिस पनि गरेको जनाएको छ।
आयोगका अनुसार मुख्य प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको छ भने अनुसूचीसहित सम्पूर्ण कागजात करिब ८ हजारदेखि १० हजार पृष्ठसम्म रहेको बताइएको छ। प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाहरू समेटिएका छन्।
सरकारले असोज ५ गते उक्त आन्दोलनबारे छानबिन गर्न आयोग गठन गरेको थियो। काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाबारे आयोगले १५० भन्दा बढी सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।





