नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।।।
२३ फाल्गुन २०८२, आइतबार
खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित
भक्तपुर । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
राईले नेपाली कांग्रेसका बिरकाजी राई, नेकपा एमालेका देवविक्रम राई तथा नेकपाका हरी रोकालाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
पूर्वी नेपालको खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा जन्मिएका राई श्रमिक–किसान पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन्। उनी श्रम, संस्कृति, पहिचान र वर्गीय न्यायलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका छन्।
श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका राई विद्यार्थी जीवनदेखि नै सामाजिक अभियान, श्रमिक अधिकार, भाषा तथा सांस्कृतिक पहिचानका मुद्दामा सक्रिय रहँदै आएका थिए। पछिल्लो समय खोटाङको राजनीतिमा उनी नयाँ पुस्ताको वैकल्पिक राजनीतिक आवाजका रूपमा उदाएका छन्।
निर्वाचन अभियानका क्रममा उनले स्थानीय किसानका समस्यासँग जोडिएको “बनको बाँदर बनमै रमाउने” भन्ने नारालाई प्रमुख रूपमा उठाएका थिए, जुन मतदातामाझ व्यापक रूपमा चर्चित बनेको थियो।





