मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Thursday, April 16, 2026
संसदीय इतिहासमै सर्वाधिक मतसहित विजयी बालेन शाह, झापा-५ मा केपी शर्मा ओली पराजित
२३ फाल्गुन २०८२, शनिबार
संसदीय इतिहासमै सर्वाधिक मतसहित विजयी बालेन शाह, झापा–५ मा केपी शर्मा ओली पराजित
भक्तपुर । प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित हासिल गरेका छन्।
झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसदीय इतिहासकै सर्वाधिक मतसहित विजयी भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्षसमेत रहेका ओलीले १८ हजार ७३४ मत पाएका छन्।
यो नतिजासँगै शाहको विजयलाई हालसम्मकै सबैभन्दा ठूलो जनमतका रूपमा हेरिएको छ। निर्वाचन परिणामले झापा–५ मा परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई समेत ठूलो धक्का दिएको विश्लेषण गरिएको छ।





