भाजु ठान्टी थाङ्मी गोडाइचा: गाउँ विकास र थामी समुदायको उत्थानमा समर्पित नेतृत्व ।।।
2026-07-16रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, माई–लारुम्बा यात्रा अब सहज ।।।
2026-07-16
Friday, July 17, 2026
काठमाडौं–१ मा रास्वपाको खाता खुल्यो, रञ्जु दर्शनाको सानदार जित
काठमाडौं–१ मा रास्वपाको खाता खुल्यो, रञ्जु दर्शनाको सानदार जित
२२ फाल्गुन २०८२, काठमाडौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर–१ बाट आफ्नो खाता खोलेको छ। पार्टीकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छिन्।
दर्शनाले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। यसैगरी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ र राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित पछाडि परेका छन्।
२१ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी दर्शना, ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी हुन्। उनका निर्वाचन परिणामको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी छ।





