नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखा मालुमा मतपत्र ठेली लुट्ने तीन जनामाथि मुद्दा चल्ने तयारी, पुनः मतदानको मिति सिफारिस
२१ फागुन २०८२, बिहीबार
दोलखा मालुमा मतपत्र ठेली लुट्ने तीन जनामाथि मुद्दा चल्ने तयारी, पुनः मतदानको मिति सिफारिस
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भागेको घटनामा संलग्न तीन जनामाथि मुद्दा चलाउने तयारी गरिएको छ।
बुथ कब्जा गर्ने उद्देश्यले मतपत्रको ठेली बोकेर हिँडेको आरोपमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।
घटनामा नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको बताइएको छ। तर कांग्रेस र नेकपाले पक्राउ परेकाहरूलाई बिना शर्त रिहा गर्न माग गरेका छन्।
यसैबीच, उक्त केन्द्रमा स्थगित भएको मतदानका लागि अर्को मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएका थिए। त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार घटनापछि प्रतिनिधि र मतदाता सबै स्थलबाट फर्किसकेकाले अब नयाँ मिति तोक्ने तयारी गरिएको छ। उनले भने, “माइकिङ गरेर बोलाउँदा पनि मतदाताहरू आउनुभएन, त्यसैले अब मतदानका लागि अर्को मिति तोकिनेछ।”





