नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन सम्पन्न : बिरास पुन मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन

0Shares

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन सम्पन्न : बिरास पुन मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन

मिति: २३ फेब्रुअरी २०२६ थाङ्मीचागु डटकम सम्बादाता

क्वालालम्पुर, मलेसिया – प्रवास भूमिमा मगर समुदायको भाषा, लिपि, धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित को नवौं अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। उत्साहपूर्ण सहभागिता, अनुशासित व्यवस्थापन र सांस्कृतिक उर्जासहित सम्पन्न अधिवेशनले प्रवासमा मगर समुदायको एकता र सक्रियतालाई पुनः स्थापित गरेको छ।

अधिवेशनमा सभाअध्यक्षका रूपमा संघकी अध्यक्ष पुष्मिता ठाडा मगर रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको उपस्थिति रहेको थियो। का कार्यवाहक राजदूत मुदिता बज्राचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी का अध्यक्ष पदमराज लिम्बू तथा का अध्यक्ष इन्द्र नारायण लिम्बूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा कलाकार रेश्मा पुन मगर र नितु पुन मगरसहित स्थानीय कलाकारहरूले मगर मौलिकता झल्किने सांगीतिक प्रस्तुति दिएका थिए। विभिन्न जातीय संघ–संस्था, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट सर्वसम्मत रूपमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नव–निर्वाचित अध्यक्ष बिरास पुन मगरले मगर समुदायको अस्तित्व, पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रवासमा रहेका मगर युवाशक्तिलाई संगठित गर्दै संस्थालाई थप सशक्त बनाउने धारणा राख्नुभएको छ।

नव–निर्वाचित पदाधिकारीहरू:

अध्यक्ष – बिरास पुन मगर
वरिष्ठ उपाध्यक्ष – दिलिप सोमै मगर
उपाध्यक्ष – वीर बहादुर सारु मगर, ऋषि राना मगर
महिला उपाध्यक्ष – अनिता आले मगर
कोषाध्यक्ष – लिला मगर
सांस्कृतिक प्रमुख – बाबुराम थापा मगर
महासचिव – तिपेन्द्र बुढा मगर
सचिव – केश रोका मगर

सदस्यहरूमा दिपक लुङ्गेली मगर, कृष्ण श्रीस मगर, कृतिमान बुढा मगर, बबिता राना मगर, कुशल थापा मगर, समर थापा मगर, अमृत पिठाकोटे मगर, कमल सोमै मगर, गोकुल तुम्सिङ मगर, मोहन बहादुर राना मगर, दिपक मगर, खुम झाक्री मगर, रमेश खासु मगर, गोपाल खासु मगर, जीवन घर्ती मगर, दानेश घर्ती मगर, धुर्ब पुन मगर, दिपक पुन मगर, रोशन पुन मगर, रोहन थापा मगर लगायत चयन भएका छन्।

प्रवासमा मगर समुदायको साझा अभियानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षासहित नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *