श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
राजु तामाङको मानवीय सहयोगमा जेलको अँध्यारोबाट मुक्त हुँदै दिपक मर्दि, आज स्वदेश फर्किँदै
राजु तामाङको मानवीय सहयोगमा जेलको अँध्यारोबाट मुक्त हुँदै दिपक मर्दि, आज स्वदेश फर्किँदै
क्वालालम्पुर, ७ जनवरी २०२६ — परदेशको जेल, अनिश्चित भविष्य र घर फर्किने आशा गुम्दै गएको अवस्थामा रहेका एक नेपाली श्रमिकका लागि आज राहतको सास फेर्ने दिन बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका वरिष्ठ उपाध्यक्ष तथा आरटिएफसीका अध्यक्ष राजु तामाङको मानवीय टिकट सहयोगमा विगत लामो समयदेखि मलेसियाको जेल जीवन बिताइरहेका दिपक मर्दि स्वदेश फर्किने भएका छन्।
झापा जिल्ला स्थायी घर भएका मर्दि करिब दुई वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया आएका थिए। जोहोरबारुस्थित एक कम्पनीमा काम गर्ने क्रममा कागजातसम्बन्धी जटिलता उत्पन्न भएपछि उनी अवैधानिक रूपमा बसोबास गर्न बाध्य भए। यही अवस्थामै मलेसियन प्रहरीको छापामा परी पक्राउ परेका मर्दिले एक वर्षभन्दा बढी समय जेलको चार पर्खालभित्र बिताउनुपर्यो।
घरपरिवारसँग सम्पर्क टुट्दै गएको, मानसिक पीडा र अनिश्चित भविष्यको डरबीच बितिरहेको उनको जेल जीवन आज अन्त्यतर्फ उन्मुख भएको छ। प्राप्त जानकारीअनुसार दिपक मर्दि ८ जनवरी २०२६, बिहीबार नेपाल फर्किने कार्यक्रम तय भएको छ।
यस कठिन घडीमा मानवताको उदाहरण प्रस्तुत गर्दै राजु तामाङले मर्दिको घर फर्किने यात्राका लागि हवाई टिकटको सम्पूर्ण व्यवस्था गरिदिएका हुन्। लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका तामाङले विभिन्न कारणले पीडामा परेका दर्जनौँ नेपाली श्रमिकहरूको उद्धार गर्दै आइरहेका छन्। “परदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूका लागि म सधैँ २४ सै घण्टा तयार छु,” तामाङको भनाइ छ।
त्यसैगरी, दिपक मर्दिसँगै जेल परेर कानुनी झमेलामा परेका बेदन मगर र सन्देश तामाङलाई पनि नेपाली रुपैयाँ दुई लाखभन्दा बढी दस्तुर भुक्तानी गरी थुनामुक्त गरिएको जानकारी दिइएको छ। उनीहरूको रिहाइले परिवारमा आशा र खुसी फर्किएको छ।
एनआरएनए मलेसिया, सामाजिक अभियन्ता तथा स्थानीय नेपाली समुदायको निरन्तर पहलले समस्यामा परेका नेपाली श्रमिकहरूलाई नयाँ जीवनको बाटो देखाउँदै आएको छ। पीडित श्रमिकहरू तथा उनका परिवारजनले सहयोगी हातहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।





