श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
राज्यको अन्यायपूर्ण निर्णयको सिकार बने इमानदार प्रहरी अधिकारी SSP विश्व अधिकारी जनताको पक्षमा आवाज बुलन्द हुँदै
राज्यको अन्यायपूर्ण निर्णयको सिकार बने इमानदार प्रहरी अधिकारी SSP विश्व अधिकारी जनताको पक्षमा आवाज बुलन्द हुँदै
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ — देश र जनताको सेवामा जीवन अर्पण गर्दै आएका प्रहरी वरिष्ठ उपरीक्षक (SSP) विश्व अधिकारी अहिले राज्यको अन्यायपूर्ण निर्णयको सिकार बनेका छन्।जीवनका हरेक क्षण प्रहरी वर्दीको मर्यादा र कर्तव्यप्रति समर्पित विश्व अधिकारी अहिले मनोबल गिराउने निर्णयको मारमा परेका हुन्।
सुरु देखिनै कर्तव्यनिष्ठ, इमानदार र अनुशासित अधिकृतका रूपमा परिचित अधिकारीले आफ्नो सेवाको क्रममा कहिल्यै कुनै विवाद सिर्जना गरेनन्, र जहिले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रहरी संगठनभित्र सम्मानको स्थान कायम राखे।
काठमाडौँ इन्चार्ज भएर आएको छोटो अवधिमै उनले करिब ५ हजारभन्दा बढीलाई पक्राउ गरी राजधानीमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरे।
उनको नेतृत्वमा अपराध नियन्त्रण, कानून कार्यान्वयन र सार्वजनिक सुरक्षामा ठोस परिणाम आएका थिए।
तर विडम्बना — यिनै इमानदार र परिणाममुखी अधिकारीमाथि अहिले राजनीतिक हस्तक्षेपको छायाँ परेको छ।उनी न कुनै दलका नजिक थिए, न शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धमा; सधैं आफ्नो कर्तव्यलाई नै धर्म मानेर सेवा गर्दै आएका थिए।
तर, यही सत्यनिष्ठा र निडरताकै कारण अहिले उनी राजनीतिक निशानामा परेको जनगुनासो प्रहरी वृत्तदेखि आम नागरिकसम्म फैलिएको छ।
हालैको GenZ आन्दोलन का क्रममा संयमता र जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने अधिकृतका रूपमा चिनिएका उनले राजधानीमा शान्ति कायम गर्न प्रशंसनीय योगदान दिएका थिए।
तर त्यसकै मूल्यांकन हुने सट्टा, राजनीतिक निर्णयले उनीमाथि अन्याय गरेको भन्दै प्रहरीभित्रै र सामाजिक सञ्जालमा असन्तुष्टि बढ्दै गएको छ।
जनताको स्वर स्पष्ट छ
“देश र जनताको सेवामा अग्रपंक्तिमा खटिने इमानदार प्रहरी अधिकारीमाथि अन्याय हुनु हुँदैन। राज्यले यस्ता निर्णय तत्काल फिर्ता गर्नुपर्छ।”
सुरक्षा विश्लेषकहरू भन्छन् —
“कर्तव्यनिष्ठ अधिकृतमाथि गरिएको राजनीतिक व्यवहारले प्रहरी संगठनको मनोबलमा नकारात्मक असर पार्दैछ। यसले भविष्यमा निष्पक्ष सुरक्षा प्रणाली कमजोर बन्ने खतरा छ।”





