मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नेपाल आदिवासी जनजाति महासंघद्वारा सिन्धुपाल्चोकमा बिधुतिय चुलो वितरण कार्यक्रम सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघद्वारा सिन्धुपाल्चोकमा बिधुतिय चुलो वितरण कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता

सिन्धुपाल्चोक – नेपाल आदिवासी जनजाति महासंघ ले जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत “पोदोङ पहल” मार्फत सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१, सिङ्पाल काभ्रे का करिब ७ सय घरपरिवारलाई बिधुतिय चुलो वितरण गरेको छ।
कार्यक्रममा महासंघका संघीय समिति अध्यक्ष गेल्जे लामा शेर्पा, उपाध्यक्ष युवराज जिरेल, महासचिव केशाङ होल्मो, जिल्ला समितिका अध्यक्ष, सचिव तथा स्थानीय वडाध्यक्षहरूको विशेष उपस्थिति रहेको थियो।
यस पहलको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका परिवारलाई परम्परागत इँट्टाभट्टा चुलो र दाउरा–दाउराको प्रयोग कम गराई, वातावरणमैत्री र सुरक्षित ऊर्जा स्रोतको प्रयोग प्रोत्साहित गर्नु रहेको छ। महासंघले यस कार्यक्रममार्फत जलवायु परिवर्तनविरुद्धको सचेतना फैलाउने साथै स्थानीय समुदायमा टिकाउ र सुरक्षित खाना पकाउने प्रविधि अपनाउने लक्ष्य राखेको छ।
कार्यक्रमका सहभागीहरूले चुलो वितरणसँगै यसको प्रयोग सम्बन्धी प्रशिक्षण र जानकारी पनि प्राप्त गरेका छन्। महासंघका पदाधिकारीहरूले स्थानीय परिवारसँग संवाद गर्दै सुरक्षित ऊर्जा, स्वास्थ्य र वातावरणीय लाभ सम्बन्धी जानकारी प्रदान गरेका छन्।
स्थानीय वडाध्यक्षहरूले कार्यक्रमको सराहना गर्दै, यस किसिमका पहलले गाउँको दीर्घकालीन विकास र वातावरण संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले भविष्यमा पनि ग्रामीण र अप्ठ्यारो क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।




