मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
गृहमन्त्री अर्यालको चेतावनी प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नुहोला”
गृहमन्त्री अर्यालको चेतावनी प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नुहोला”
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ – गृहमन्त्री रमेश अर्याल ले हालका राजनीतिक तथा सामाजिक गतिविधिहरूको समीक्षा गर्दै देशभर देखा परिरहेका प्रदर्शन र आन्दोलनका कार्यक्रमप्रति सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले भने, “हालको अवस्थालाई ध्यानमा राख्दा, कुनै पनि प्रदर्शन वा आन्दोलनका कार्यक्रमहरूमा असामाजिक तत्त्वले घुसपैठ गर्न सक्ने सम्भावना छ। त्यसैले कसैले पनि स्थिति अस्थिर बनाउने कार्य नगर्नुहोला।”
गृहमन्त्री अर्यालका अनुसार, सरकारले नागरिकको स्वतन्त्रता र अभिव्यक्ति अधिकारको सम्मान गर्छ तर शान्ति र सुरक्षामा असर पर्ने गतिविधिलाई सह्य नगरिने स्पष्ट चेतावनी पनि उनले दिएका छन्।
उनले सुरक्षा निकायहरूलाई देशभर सतर्क रहन निर्देशन दिँदै भने, “नागरिकको जीवन, सम्पत्ति र सुरक्षामा खतरा हुने कुनै पनि गतिविधिलाई तुरुन्त नियन्त्रणमा लिनु निर्देश गरिएको छ।”
गृहमन्त्रीले नागरिक र युवा वर्गलाई जिम्मेवार रहन आग्रह गर्दै, शान्ति, संवाद र संयमका माध्यमबाट समस्या समाधान गर्ने मार्ग रोज्न अनुरोध गरेका छन्।
सरकारले हाल मुलुकको स्थायित्व, आर्थिक सुधार र विकासका लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको र त्यसलाई अस्थिर पार्ने प्रयासहरूलाई रोक्न सबै पक्ष सचेत रहनुपर्ने उनले बताए।





