मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
वडा अध्यक्ष र पत्रकारको पहलमा मागन वस्तीले पायो बहुप्रतीक्षित बाटो
वडा अध्यक्ष र पत्रकारको पहलमा मागन वस्तीले पायो बहुप्रतीक्षित बाटो
थाङमिचागु डटकम संवाददाता

धनगढीमाई, सिराहा — वर्षौँदेखिको माग गर्दै आएका धनगढीमाई नगरपालिका–१४ अन्तर्गतको मागन वस्तीका बासिन्दाले अन्ततः बहुप्रतीक्षित बाटो पाएका छन्। स्थानीय सरकार र सञ्चारकर्मीको सहकार्यमा सम्भव भएको यो उपलब्धिले वस्तीमा विकासको नयाँ ढोका खोलेको छ।
विकास निर्माणका कामहरू वाचा र प्रस्तावमै सीमित भइरहेका बेला मागन वस्तीमा भने त्यसको अपवाद देखिएको छ। बर्षातको समयमा हिलाम्य र जलमग्न अवस्थाका कारण आवतजावतमा कठिनाइ झेल्दै आएका वस्तीवासीको जीवनस्तरमा प्रतिकूल असर परिरहेको थियो।
वडा अध्यक्ष अमित ठकुरीले समस्या बुझ्न स्वयम् वस्तीमा पुगेर भौतिक सर्वेक्षण गरे। त्यसपछि आफ्नै पहलमा प्राविधिक डिजाइन र योजना तयार पार्दै बाटो निर्माणको खाका अगाडि सारे।
यसै क्रममा पत्रकार बिनोद मण्डलले पनि सामाजिक सञ्जाल, समाचारमाध्यम र सम्बन्धित सरकारी निकायमा निरन्तर आवाज उठाउँदै मागन वस्तीको पीडा उजागर गर्दै आएका थिए। जनताको आवाजलाई बुलन्द बनाउँदै उनले राजनीतिक, प्रशासनिक र सामाजिक तहमा दबाब सिर्जना गरे।
अन्ततः स्थानीय सरकार र सञ्चारकर्मीको समन्वय, जनताको साथ र निरन्तर प्रयासपछि मागन वस्तीमा बाटो निर्माण सम्पन्न भएको हो। बाटो निर्माणसँगै वस्तीमा उत्साह र कृतज्ञता व्यक्त गरिएको छ।
एक स्थानीय बासिन्दाले भने, “हामीले त बाटो पाइन्छ भन्ने आशा गर्नै छोडेका थियौं। अब छोराछोरी स्कूल जान, बिरामीलाई अस्पताल लैजान सजिलो भयो। वडा अध्यक्ष र पत्रकार बिनोदजीलाई धेरै धेरै धन्यवाद।”
यो सफलताले जनप्रतिनिधि र सञ्चारकर्मीबीचको सहकार्यद्वारा कसरी सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ। आगामी दिनमा पनि यस्तै साझा प्रयासमार्फत अन्य समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।





