मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
पत्रकार राजकुमार यादवमाथि सुनियोजित संघातिक हातपात : पूर्वमन्त्री प्रभु साहको निर्देशनमा
पत्रकार राजकुमार यादवमाथि सुनियोजित संघातिक हातपात : पूर्वमन्त्री प्रभु साहको निर्देशनमा
थाङमिचागु डटकम संवाददाता

रौतहट, साउन ८ — रौतहटको मौलापुर नगरपालिका–५, सोनरनियाका पत्रकार राजकुमार यादवमाथि पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (आजपा) का अध्यक्ष प्रभु साहको निर्देशनमा हातपात र कुटपिट गरिएको आरोप लागेको छ।
पीडित पत्रकार यादवले केही दिनयता मौलापुर नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यहरूमा देखिएको भ्रष्टाचार र अनियमितताको विषयमा रिपोर्टिङ गर्दै आएका थिए। उनले विशेष गरी कालोपत्रे (डामर) सडक निर्माणमा भएको गुणस्तरहीन कामको भण्डाफोर सामाजिक सञ्जालमार्फत गर्दै आएका थिए।
पत्रकार यादवका अनुसार, यिनै रिपोर्टहरूमार्फत पार्टीको छवि कमजोर हुने डरले पूर्वमन्त्री साहले कुटपिट गराएका हुन्। घटनामा पूर्वमन्त्रीका छोरा विवेक साह, राजेश साहलगायतको समूह संलग्न रहेको उनले बताए।
हातपातको घटना सार्वजनिक स्थलमै भएको र गालीगलौज गर्दै कुटपिट गरिएको दृश्यहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।
घटनापछि पत्रकार यादवले फेसबुक लाइभमार्फत आक्रोश पोख्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्। उनले भने,
“म जनताको पक्षमा बोल्दा, विकासको नाममा भइरहेको भ्रष्टाचारको पोल खोल्दा मलाई धम्की दिइयो, अनि आज हातपातसम्म गरियो। यसले प्रेस स्वतन्त्रतामाथि संघातिक हमला भएको हो।”
स्थानीय प्रशासनका अनुसार, पत्रकार यादवलाई हाल सुरक्षित स्थानमा राखिएको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
यस घटनाले पत्रकार सुरक्षाको अवस्था र प्रेस स्वतन्त्रता माथि गम्भीर प्रश्न खडा गरिदिएको छ।





