दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
सञ्चारकर्मीलाई धम्की: सिरहा नगरप्रमुख डा. नविन यादवप्रति नेपाल पत्रकार महासंघको घोर आपत्ति ।।।
सञ्चारकर्मीलाई धम्की: सिरहा नगरप्रमुख डा. नविन यादवप्रति नेपाल पत्रकार महासंघको घोर आपत्ति ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल सिरहा, जेठ १३ । सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सञ्चारकर्मीहरूलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाउँदै उक्त व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भनेको छ ।
२०८२ जेठ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाइलहरूबारे गरेको छानबिनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीहरूको पेशागत दायित्व भएको महासंघले स्पष्ट पारेको छ । त्यस्तो समाचार प्रकाशन रोक्ने प्रयास प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको महासंघको भनाइ छ ।
नगरप्रमुख यादवले समाचार लेख्ने सञ्चारमाध्यम तथा पत्रकारहरूलाई चेतावनी दिँदै कारबाहीको धम्की दिएको विषयमा महासंघले आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको बताएको छ । महासंघका अनुसार यस्तो व्यवहारले प्रेस स्वतन्त्रता दबाउने दुस्साहसिक संकेत दिन्छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।
नेपाल पत्रकार महासंघले स्पष्ट शब्दमा चेतावनी दिएको छ कि पत्रकारलाई धम्की दिएर सत्य र निष्पक्ष समाचार लेखनमा अवरोध सिर्जना गर्न खोजिएमा त्यसको कडा प्रतिवाद गरिनेछ ।
महासंघले सबै तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिन आग्रह गरेको छ ।
साथै, महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आह्वान गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत र एकजुट रहन अनुरोध गरेको छ ।





