मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
धनगढीमाई १३ सिम्ले–महाजनी बाटो ओझेलमा: वर्षौंदेखि जनप्रतिनिधिको बेवास्ता, स्थानीय आक्रोशित ।।।
धनगढीमाई १३ सिम्ले–महाजनी बाटो ओझेलमा: वर्षौंदेखि जनप्रतिनिधिको बेवास्ता, स्थानीय आक्रोशित ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, जेठ १२
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने सिम्लेदेखि महाजनी जोड्ने प्रमुख आन्तरिक गोरेटो बाटो वर्षौंदेखि पूर्ण उपेक्षामा परेको छ । यो बाटो लामो समयदेखि चरम जीर्ण अवस्थामा रहे पनि अहिलेसम्म कुनैपनि जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
बर्षातको समयमा हिलाम्मे र बाँकी समय धुलाम्मे रहने यो बाटो दैनिक आवागमन गर्ने सर्वसाधारण, विद्यार्थी, किसान तथा बिरामीहरूका लागि सास्तीको कारण बनेको छ । स्थानीयवासीहरूको भनाइमा, चुनावका बेला आश्वासन दिने जनप्रतिनिधिहरू जितेपछि बेपत्ता हुने परिपाटी दोहोरिरहेको छ ।
स्थानिय बासिन्दा रमेश यादव भन्छन्, “यो बाटो हाम्रो जीवन र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ । हरेक दिन स्कुले बच्चाहरू हिलो र फोहोर छिचोल्दै जान्छन् । बिरामी बोकेर अस्पताल लैजानसमेत मुस्किल हुन्छ तर नेताहरूलाई वास्ता छैन ।”
यो बाटोमा, विशेषगरी सुत्केरी महिलाको अस्पताल लैजाने बेला निकै जोखिमपूर्ण अवस्थाको सामना गर्नुपर्छ ।
यो क्षेत्रका स्थानीय जनताले अबका दिनमा चुनिने जनप्रतिनिधिलाई विकासको नाममा दिइने भोट पूर्व सर्तसहित मात्र दिने चेतावनीसमेत दिएका छन् ।
धनगढीमाई नगरपालिका तथा सम्बद्ध निकायहरूले तत्काल आवश्यक ध्यान नदिएमा यो समस्याले दीर्घकालीन असर पार्ने निश्चित देखिन्छ ।





