सखुवानन्कारकट्टी–१ मौवाहीमा स्वास्थ्य चौकी भवनको सभापति रामचन्द्र यादवद्वारा शिलान्यास ।।।

0Shares

सखुवानन्कारकट्टी–१ मौवाहीमा स्वास्थ्य चौकी भवनको सभापति रामचन्द्र यादवद्वारा शिलान्यास ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, वैशाख २६ । सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीमा निर्माण हुने नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले ” स्थानीय विकास र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि भवन निर्माण अत्यावश्यक रहेको” उल्लेख गर्दै भवनको शिलान्यास गर्नुभयो ।

सभापति यादवले आफ्नो मन्तव्यमा भन्नुभयो, “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता हो । यो भवनले मौवाहीलगायत आसपासका गाउँका हजारौं नागरिकलाई राहत दिनेछ ।” उनले स्वास्थ्यलाई आधारभूत अधिकारको रूपमा स्थापित गर्दै त्यसको कार्यान्वयनमा सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

उक्त कार्यक्रममा वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्थानिय बुद्धिजीवी, समाजसेवी, महिला समूहका प्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सहभागीहरूले सरकारको ध्यान गाउँस्तरमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै यस्ता विकास योजनालाई स्वागत योग्य बताएका थिए ।
भवन निर्माण सम्पन्न भएपछि प्राथमिक उपचार, मातृ-शिशु सेवा, खोप कार्यक्रम, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्षले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा र पूर्वाधारमा प्राथमिकता दिएको उल्लेख गर्दै भवन निर्माण छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाए ।

स्थानीय बासिन्दाले भने, “गाउँमै उपचार हुने भएपछि अब रोग लाग्दा शहर धाउनुपर्ने पीडा हट्नेछ ।” अन्य सहभागीहरूले समेत स्वास्थ्य चौकी स्थापनाले मौवाहीमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *