राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल

0Shares

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, बैशाख २७ – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। शीतल निवास, काठमाडौंमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्था, सरकार सञ्चालनका विविध पक्ष र दलहरूबीचको समन्वयलगायत विषयमा राष्ट्रपति र पूर्वप्रधानमन्त्री प्रचण्डबीच कुराकानी भएको हो।

उक्त भेटवार्ता राष्ट्रपतिसँग पछिल्ला दिनमा प्रमुख दलका नेताहरूको बढ्दो छलफलक्रमको निरन्तरताका रूपमा आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *