मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
तामाङ मुक्ति मोर्चाको बागमती प्रदेशस्तरीय प्रथम भेला काठमाडौँमा भव्यताका साथ सम्पन्न
तामाङ मुक्ति मोर्चाको बागमती प्रदेशस्तरीय प्रथम भेला काठमाडौँमा भव्यताका साथ सम्पन्न
मिति: २०८२ साल वैशाख २० गते, काठमाडौँ

तामाङ समुदायको भाषा, संस्कृति, कला, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर क्रियाशील संस्था तामाङ राष्ट्रिय मुक्ति मोर्चा अन्तर्गत बागमती प्रदेश समितिको प्रथम भेला काठमाडौँमा अत्यन्तै भव्य, ऐतिहासिक र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता बागमती प्रदेश समितिका अध्यक्ष आदरणीय कर्म लोप्सान तामाङ ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष आदरणीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हुनुहुन्थ्यो।

विशेष अतिथिहरूको रूपमा
– दिल्लीमान पाख्रिङ
– हितमान शाख्या
– पूर्व पर्यटन मन्त्री हितबहादुर तामाङ
– अकलमान तामाङ
– अविरल जिम्बा
– पूर्व सभामुख अनसरी घर्ती मगर
– नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ
लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा तामाङ समुदायका अगुवा, विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकार, कलाकार, विद्यार्थी तथा देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो। अतिथिहरूले तामाङ समुदायको ऐतिहासिक योगदान, वर्तमान अवस्था र भविष्यको बाटोबारे प्रेरणादायी मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका तामाङ सेलो गीत, मौलिक नृत्य, गुरु झाँकी, तामाङ भेषभूषा प्रदर्शन लगायतका प्रस्तुतीहरूले सांस्कृतिक विविधताको समुचित झल्को प्रस्तुत गरेका थिए। तामाङ समुदायको मौलिक जीवनशैली, गौरवमय इतिहास र समृद्ध सांस्कृतिक परम्पराले कार्यक्रममा नयाँ रङ भरेको थियो।

भेलाले तामाङ समुदायलाई अझ सङ्गठित, सचेत र आत्मविश्वासी बनाउने संदेश दिएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा व्यक्त गरिएका विचारहरूले तामाङ समाजलाई संघर्ष, समर्पण र एकताका साथ अधिकार सुनिश्चित गर्ने बाटोमा अघि बढ्ने दृढता प्रदान गरेको स्पष्ट देखिन्थ्यो।

कार्यक्रमको सम्पूर्ण सफलताका लागि आयोजक समिति, स्वयंसेवक टोली, सांस्कृतिक समूह, अतिथिहरू र सहभागी सबैलाई आभार व्यक्त गरिएको थियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सुगठित, मर्यादित र प्रभावशाली रूपमा सम्पन्न भएको थियो।

यस ऐतिहासिक भेलाको जानकारी तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा समाजसेवी युवा नेत्री गङ्गा योन्जन तामाङ ज्यूले थाङ्मीचागु डट कमलाई दिनुभएको हो।






