नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सुरेन्द्र राना मगरको चण्डीगढमा निधन, परिवार अलपत्र – रामेछापबासीलाई ठेगाना पहिचानका लागि सहयोगको अपिल
चण्डीगढ, भारत – भारतको
सुरेन्द्र राना मगरको चण्डीगढमा निधन, परिवार अलपत्र – रामेछापबासीलाई ठेगाना पहिचानका लागि सहयोगको अपिल
चण्डीगढ, भारत – भारतको सिमला चण्डीगढमा प्रवास जीवन बिताइरहेका अन्दाजी ५०–५५ वर्षका सुरेन्द्र राना मगरको दुःखद निधन भएको छ। रामेछाप जिल्ला घर बताउने राना मगरको पूरा ठेगाना यकिन नभएकाले हाल उनका परिवार चण्डीगढमा अलपत्र अवस्थामा छन्।
मृतक सुरेन्द्र राना मगरका श्रीमती, दुई छोरा र एक छोरी अहिले चण्डीगढको सिङ्गला क्षेत्रमा सहयोगको अपेक्षामा छन्। जानकारी अनुसार, राना मगरका दुई श्रीमती थिए। जेठी श्रीमती हाल रामेछापमै अर्कैसँग बस्दै आएकी छन् भने उनको एक छोरा (झन्डै १७–१८ वर्षको) रहेको जनाइएको छ।
कान्छी श्रीमतीका अनुसार, राना मगरका तीनजना दिदीबहिनी थिए। जेठी दिदीको विवाह घर नजिकै भएको थियो, तर उनको छोरा भने कुनै बिहेमा जाँदा मृत्यु भएको उल्लेख गरिन्छ। अन्य दुई बहिनीहरू टाढाको गाउँमा विवाह भएर गएकी हुन्। साथै, मृतकका पिताजी (ससुरा) फौजी भएको जानकारी पनि परिवारले दिएका छन्।
रामेछापबाट भएको भनिए तापनि, सुरेन्द्र राना मगरको यकिन ठेगाना नभएका कारण परिवारलाई स्वदेश फर्कन कठिनाइ भएको छ। त्यसैले सम्पूर्ण रामेछापबासीहरू तथा मगर समुदायका महानुभावहरूलाई उहाँको पहिचान र ठेगाना पत्ता लगाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।
यदि तपाईं सुरेन्द्र राना मगरलाई चिन्नुहुन्छ वा उहाँको ठेगाना थाहा छ भने, कृपया निम्न सम्पर्क नम्बरहरूमा जानकारी दिनुहोस्:
सपना राना: +91 98821 41883
कौशी देवी: +91 98521 41883
तारा चन: +91 98571 41883
अलपत्र परेका परिवारलाई उद्धार गर्न तपाईंको एक जानकारी अमूल्य सावित हुन सक्छ।





