मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
आज मौन जुलुस हुने ,आन्दोलनमा नआउने शिक्षक कर्मचारीलाई अध्यक्ष सुवेदीले भने- तपाईंहरूलाई पर्खिरहेका छौं

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चैत २५ गते काठमाडौँमा कालो मास्क लगाएर मौन जुलुस निकाल्न सबै शिक्षक र कर्मचारीलाई अनुरोध गरेका छन्। उनले बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर जुलुसमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन्।
सुवेदीले भने, ‘कालो मास्कसहित ठिक ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबै शिक्षक–कर्मचारीलाई अनुरोध छ।’ उनले काठमाडौँ नआएको शिक्षक र कर्मचारीलाई पनि भने, ‘अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। तपाईंलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला?’
अध्यक्ष सुवेदीले यस आन्दोलनको बलियो बनाउन सबै शिक्षक र कर्मचारीलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै भने, ‘सबैले मनन गरौं- ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो सहभागिता, बलियो आन्दोलन, बलियो उपलब्धि।’




