भित्रीखर्क किवि खेती प्रवर्द्धनमा प्राविधिक सहयोग, किसान उत्साहित

0Shares

भित्रीखर्क किवि खेती प्रवर्द्धनमा प्राविधिक सहयोग, किसान उत्साहित

सोमबार ३ मङ्सिर २०८१

सन्तोष ठान्टी थाङ्मी

दोलखा,कालिन्चोक, दोलखा: किवि खेतीलाई व्यवसायिक र दिगो बनाउने उद्देश्यले कालिन्चोक गाउँपालिका–१ भित्रीखर्क किवि उत्पादन पकेट क्षेत्रमा नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा प्राविधिक सहयोग प्रदान गरिएको छ।

कृषि प्राविधिक अस्मिता बस्नेतका अनुसार, परियोजना अन्तर्गत किसानहरूलाई किवि विरुवाको थाङ्ग्रा निर्माण, थाङ्ग्रा व्यवस्थापन, र किवि टिप्ने सही तरिकाबारे प्राविधिक सल्लाह र सहयोग दिइएको छ।

बस्नेतले थाङ्मीचागु डट कमलाई जानकारी दिँदै भनिन्, “थाङ्ग्रा व्यवस्थापनले किवि खेती व्यवस्थित गर्न मात्र होइन, उत्पादन बढाउन र गुणस्तर कायम राख्न ठूलो मद्दत गर्दछ। किसानहरूले यसमार्फत व्यवसायिक खेतीप्रति रुचि देखाउन थालेका छन्।”

परियोजनाको उद्देश्य

यस परियोजनाको मुख्य उद्देश्य किवि खेतीलाई व्यवसायिक रूपमा प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक अवस्था उकास्नु हो। साझेदार संस्थाहरूले स्थानीय किसानहरूलाई आवश्यक प्राविधिक ज्ञान र साधन उपलब्ध गराउँदै किसानहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन्।

किसानहरूको प्रतिक्रिया

प्राविधिक सहयोगले किसानहरूमा नयाँ उत्साह थपेको छ। प्रशिक्षणमा सहभागी किसानहरूले आधुनिक विधिहरू अपनाउन पाउँदा आफूहरू लाभान्वित भएको बताएका छन्। किसान पुष्पा थामीले भनिन्, “हामीले थाङ्ग्रा निर्माण र व्यवस्थापनका नयाँ तरिका सिक्यौं। यसले उत्पादन मात्र होइन, हाम्रो आम्दानी पनि

बढाउनेछ।”

यो कार्यक्रम सफल भएसँगै कालिन्चोकलाई किवि उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

–थाङ्मीचागु डट कमको लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *