नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20खुट्टी खोलाको नहर व्यवस्थापनपछि लहानको विकासमा नयाँ आयामको परिकल्पना ।।।
खुट्टी खोलाको नहर व्यवस्थापनपछि लहानको विकासमा नयाँ आयामको परिकल्पना ।।।
थाङािचागु डटकम संवाददाता
विनोद मण्डल, कार्तिक ३०, सिरहा । सिरहा जिल्लाको लहान नगरपालिकामा अवस्थित खुट्टी खोलाको नहरको व्यवस्थापनपछि लहानको सौन्दर्यकरणको दिशामा नयाँ आयामको परिकल्पना गरिएको छ । लामो समयदेखि फोहोर र अव्यवस्थित रहेको नहरमा ह्यूम पाइप जडान गरी भौतिक सुधार भएपछि लहानको समग्र विकासमा टेवा पुग्ने विश्वासको परिकल्पना गरिएको छ ।
खुट्टी खोलाको नहर व्यवस्थापनले लहान नगरको विकासलाई दिगो र व्यवस्थित बनाउने उद्देश्यसहित नहर ब्यबस्थापनको कार्य योजना अघि बढाईएको छ ।
ह्यूम पाइप जडानपछि नहरलाई ढाकेर दायाँ-बायाँ आधुनिक र आकर्षक सडक मार्ग निर्माणको दूरगामी योजनाको परिकल्पना गरिएको छ भने नहरको छेउछाउमा फूलको बगैंचा, आराम स्थल, सार्वजनिक शौचालय, र जिमको लागि उपयुक्त व्यवस्था समेत गरिने बताइएको छ । यसले स्थानीयलाई फुर्सदका क्षणहरू बिताउन र पर्यटकहरूलाई आकर्षित गर्न अवसर प्रदान गर्नेछ ।
लहान नगरपालिकाले नगर सौन्दर्यकरणलाई मात्र नभई लहानको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षासहित परियोजनालाई अघि सारेको छ । यसले गर्दा लहानको मौलिकता र सौन्दर्यमा थप आकर्षण थपिने अपेक्षा गरिएको छ । साथै, नहरको छेउछाउमा साना खुद्रा व्यापार र व्यवस्थित पार्किङको व्यवस्था गरिनुले लहान नगरमा नयाँ आर्थिक गतिशीलता पनि थपिने अपेक्षा समेत गरिएको छ ।
यो नहर व्यवस्थापन परियोजनाले लहान नगरको विकास र यहाँका नागरिकको जीवनस्तरलाई एक नयाँ उचाईमा पुर्याउने विश्वास लिईएको छ ।