नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20संगीत क्षेत्रका चर्चित शारदा सिन्हाको जीवनी ।।।
विनोद मण्डल, कार्तिक २३ । साहित्य संगीतको क्षेत्रमा आफ्नो कोकिल आवाज छोड्न सफल शारदा सिन्हाको जन्म सन् १९५२ मा भारत स्थित सुपौल जिल्लाको हुलास गाउँमा भएको थियो । उनको पिताको नाम सुखदेव ठाकुर हो भने पतिको नाम डाक्टर व्रज किशोर सिन्हा हो । नौ भाई-बहनीमा उनी एक्ली बहिन थिइन् । उनको विवाह बेगूसराय जिल्लाको सिहमा गाउँमा भएको थियो । उनले आफ्नो गीतको शुरुवात मैथली गीत गाएर गायन क्षेत्रमा प्रवेश गर्नु भएको थियो । उनको जन्म एक भूमिहार ब्राह्मण परिवारमा भएको थियो ।
उनको जन्म हुलास गाउँको एक समृद्ध परिवारमा भएको थियो । उनको पिता सुखदेव ठाकुर शिक्षा विभागको एक वरिष्ठ अधिकारीको रूपमा कार्यरत थिए ।
बाल्यकालमा नृत्य र गायनप्रति काफी लगाव राखेका शारदा आफ्नो साथीहरूसंग गीत गाउँदै गर्दा उनका शिक्षक हरि उप्पलले लुकेर गीत सुन्ने गर्दा शारदाको प्रधानचार्यले कार्यालयमा उनलाई बोलाएर गीतको टेप रेकर्ड गरेका थिए ।
शारदालाई गायनको क्षेत्रमा करियर बनाउनका लागि उनको परिवारको भरपूर सहयोग प्राप्त भएको थियो ।
उनले मैथिली, भोजपुरी, हिंदी लगायतका भाषामा गीत गाएका छन ।
उनले शास्त्रीय संगीतको उच्च शिक्षा प्रतिष्ठित गुरुबाट प्राप्त गरेकी थिइन् ।
शारदालाई बिहारको लोक संस्कृतिको जगेर्ना गरेको कारण भारत सरकारद्वारा सन् 1991 मा पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।
उन्होंले पहिलो पटक बॉलीवुड फिल्ममा “मैंने प्यार किया” (1989) मा एक गायिकाको रूपमा कार्य गरेकी थिइन् ।
भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् । यसका अतिरिक्त उनले आफ्नो कोकिल आवाजले छठ, होली, विवाह लगायतका गीत गायर प्रसिद्ध बनेकी हुन् ।
उनको उत्कृष्ट योगदानको लागि उनलाई पद्मश्री (1991) र पद्मभूषण (2018) को प्रतिष्ठित सम्मानले सम्मानित गरिएको थियो ।
७२ वर्षको उमेरमा उनको निधन
५ नवम्बर २०२४ मा भएको हो ।