राजनीतिक चालबाजी, सत्ता बाहिरको छटपटी

0Shares

राजनीतिक चालबाजी, सत्ता बाहिरको छटपटी

थाङमिचागु डटकम संवाददाता

आफू सत्तामा नरहेपछि सत्तामा रहनेहरूका विरुद्ध विभिन्न प्रकारका राजनीतिक चालबाजी गर्ने प्रचलन नेपालमा धेरै पहिलेदेखि सुरु भएकै कुरा हो । यस कार्यमा कुन राजनीतिक दलले के गर्यो वा के गरेन भन्ने भन्दा पनि सत्तामा पुग्नेहरूका विरुद्ध विभिन्न प्रकारका खेल भएको इतिहास छ ।

नेपालको राजनीतिमा यो नै सबैभन्दा दुर्भाग्यपूर्ण घटनाक्रम हो । यो घटनाक्रमका कारणले गर्दाखेरि नेपालको राजनीतिमा स्थिरता हुन सकेन, जस्तो र जुनसुकै प्रकारको संविधान बने पनि त्यो संविधानले जस पाउन सकेन ।

राजनीति सम्पूर्ण विषयवस्तुको केन्द्रबिन्दु भएकाले राजनीतिक क्षेत्रमा सुधार हुँदा अन्य क्षेत्रमा पनि सुधार हुन्छ ।

यदि राजनीतिमा विकृति मात्रै बढ्यो भने अन्य क्षेत्रमा पनि विकृति बढ्छ । नेपालमा वा माफियाहरुको बोलवाला छ । उनीहरूका अगाडि सत्तामा पुग्नेहरू पनि प्रायजसो नतमस्तक हुन्छन् ।

यसरी नतमस्तक हुनुका पछाडि ती व्यक्तिहरूको स्वार्थ सिद्धि गर्न तयार रहनु पनि हो । उनीहरूले राजनीतिक रूपमा कुनै न कुनै प्रकारको फाइदा दिन्छन् अर्थात् सानो फाइदा दिन्छन् धेरै ठूलो उपलब्धि हासिल गर्छन् । व्यापार गर्ने वा व्यापारीहरूको यो नीतिगत विशेषता नै हो ।

यो कुरा बुझेर राजनीति गर्ने व्यक्तिहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा सीमित घेराबन्दीका आधारमा सत्ता सञ्चालन गर्ने गरेको पृष्ठभूमि पाइन्छ यो पृष्ठभूमिका कारणले गर्दा नेपालका कुनै पनि सरकारले स्थायी र शान्त भएर काम गर्न सकेको अवस्था छैन सत्तामा रहँदाखेरि काम गर्छु भनेर जान्छन् अथवा काम गरेका छौं भनेर भन्छन् सत्ता बाहिर रहदाखेरि काम गर्न खोज्नेहरुका खुट्टा तान्छन् यस प्रकारको राजनीतिक प्रवृत्तिका कारणले गर्दा नेपालको राजनीतिले स्थायित्व र शान्ति प्राप्त गर्न सकेन ।

यसबाट नेपाली जनताले अपेक्षा गरे अनुसारको उपलब्धि प्राप्त गर्न सकेनन् यही कारणले हरेक क्षेत्रमा निराशा बढेको भए तापनि निराशाभित्र पनि आशाका किरणहरु हुन्छन् ।

यी आशाका किरणहरुलाई जागृत गर्न नेतृत्वको आवश्यकता छ । त्यो नेतृत्व यस्तो हुनुपर्छ जसले सम्पूर्ण प्रकारका स्वार्थलाई त्यागेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रकृतिको होस् ।

यस प्रकारका सोच र विशेषता भएका नेता नभएको होइन उनीहरुले विद्रोह गरेर वा नयाँ ढंगले अगाडि आउने साहस गरेका छैनन् उनीहरुले अगाडि आउने साहस गर्नुपर्यो र देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सक्ने वातावरण बनाउनु पर्यो यदि उनीहरुले जनतालाई यस प्रकारले आह्वान गर्न सक्ने हो भने जनताले साथ दिन तयार छन् र उनीहरू सँगसँगै रहेर देशको समृद्धिका निम्ति हातेमालो गर्न तयार छन् ।

तर यसका निम्ति ती नेताले थोरै भएपनि साहस गर्नुपर्यो। बल निकाल्नुपर्यो । र देशको लागि योगदान दिने इच्छाशक्तिलाई जागृत गर्नुपर्यो ।

सत्ता बाहिर रहँदा सत्ताको विरोध गर्ने र सत्तामा पुगिसकेपछि देश र जनतालाई केन्द्रमा राखेर काम नगर्ने र आफ्ना सीमित स्वार्थ पूर्ति गर्ने उद्देश्यले मात्रै काम गर्ने प्रवृत्ति हावी हुनुभएन जुन वर्तमानसम्म राजनीतिक रुपमा देखा परेको सबैभन्दा ठूलो विकृति हो, यसको अन्त्य जरुरी छ, यसका निम्ति नेतृत्वले विचार गर्न आवश्यक भएको गोलमेचमा समाचार छ ।

यसरी सत्तामा रहँदाखेरि एउटा कुरा र सत्ता बाहिर रहँदाखेरि अर्को कुरा गर्ने राजनीतिक प्रवृत्तिका कारण नेपालमा जहिले पनि राजनीतिक इच्छाशक्ति जागृत नगरी व्यक्तिगत इच्छाशक्ति मात्र जागृत गरेर व्यक्तिगत महत्वाकांक्षा वा मनोकांक्षा पूर्ति गर्ने काम मात्र भएको छ । यसबाट नेतृत्व वर्ग मुक्त हुनुपर्छ र दोस्रो वा तेस्रो तहको नेतृत्व अगाडि आउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *