मलेसियामा निजी क्षेत्रमा कामदारको न्यूनतम तलब आरएम १७०० पुर्‍याइने

0Shares

मलेसियामा निजी क्षेत्रमा कामदारको न्यूनतम तलब आरएम १७०० पुर्‍याइने

थाङ्मीचागु डटकम सम्बादाता

शनिबार ३ कार्तिक २०८१

Oplus_131072

क्वालालम्पुर (मलेसिया), अक्टूबर १९, २०२४ – मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै कामदारहरूको न्यूनतम तलब (बेसिक तलब) आरएम १७०० पुर्‍याइने भएको छ। मलेसियाका प्रधानमन्त्री र अर्थमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले अक्टोबर १८ तारिखमा संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषणको क्रममा यो घोषणा गर्नुभएको हो।

Oplus_131072

प्रधानमन्त्रीले वर्तमानमा रहेको आरएम १५०० न्यूनतम तलबमा आरएम २०० थप गरी आरएम १७०० पुर्‍याउने निर्णय सार्वजनिक गर्नुभयो। यो नयाँ व्यवस्था फेब्रुअरी १, २०२५ देखि लागू हुनेछ। गृहमन्त्रालय र श्रम मन्त्रालयको सहकार्यमा सबै रोजगारदाता कम्पनीहरूलाई यो तलब वृद्धि लागू गर्न निर्देशन दिइसकेको जानकारी पनि दिनुभयो।

प्रधानमन्त्री अनवर बिन इब्राहिमले यो निर्णयले मलेसियामा कार्यरत स्थानीय र विदेशी कामदारहरूको आर्थिक सुधारमा मद्दत गर्ने र आफू सधैं कामदारहरूको हितका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *