दशैं बहिष्कार: सांस्कृतिक शहीद रिदामा र रामलिहाङको १४८औं स्मृति दिवसमा मूलवासी एकताको आह्वान

0Shares

अहिन्दुहरूको एकताको आह्वान: दशैं नमान्दा राणा शासकद्वारा हत्या गरिएका सांस्कृतिक शहीद रिदामा र रामलिहाङको १४८औं स्मृति दिवसमा ऐतिहासिक बहिष्कार अभियानको सम्झना

आइतबार २७ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

धनकुटास्थित चुलिबनमा आयोजित विशेष कार्यक्रममा, MNO-DGG का केन्द्रीय अध्यक्ष वीरलाल ओलाहाङ राईज्यूको प्रमुख अतिथ्यमा राणा शासकद्वारा हत्या गरिएका सांस्कृतिक शहीद रिदामा र रामलिहाङको १४८औं स्मृति दिवस मनाइएको छ। यस अवसरमा मूलवासी समुदायका सदस्यहरूले औपनिवेशीक सत्ताले गरेका अत्याचार र सांस्कृतिक दमनको विरुद्ध एकजुट हुनुपर्ने आवश्यकता र महत्वमा जोड दिएका छन्।

Oplus_131072

कार्यक्रमको क्रममा, वक्ताहरूले शहीदहरूको सम्झना गर्दै भनेका छन्, “हाम्रो पुर्खाहरूले हिडेको बाटोमा सारा मूलबासी नहिडी सुखै छैन।” लिगलिगकोटका राजा दलसुल घलेको हत्या गरेर शुरू भएको दशैंको बहिष्कार अभियानको महत्त्वलाई पनि चर्चा गरिएको छ। दशैं जस्तो पर्वमा मूलबासी समुदायको सांस्कृतिक पहिचानको रक्षा गर्न ध्यान दिनु पर्ने आवश्यकताको उल्लेख गरिएको छ।

संगठनको अध्यक्ष र टोलीले सहिद रामलिहाङ र रिदामाको सालिकमा माल्यार्पन गर्दै तिनीहरूको बलिदानलाई सम्मान गरेका छन्। कार्यक्रममा उपस्थित सदस्यहरूले दशैंको अवसरमा कालो टिका लगाइ सांस्कृतिक पहिचानको रक्षा गर्दै बहिष्कार गर्ने संकल्प व्यक्त गरेका छन्।

MNO-DGG का सहसचिव जीवन मङ्गोलज्यूले केन्द्रीय सभाको जानकारी “हामीसँग डट कम”लाई प्रदान गर्दै भने, “हामीले हाम्रो सांस्कृतिक अधिकारको रक्षाका लागि यो अभियानलाई निरन्तरता दिनुपर्नेछ। यो केवल बहिष्कारको अभियान मात्र होइन, यो हाम्रो अस्तित्वको रक्षा र पहिचानको लागि गरिएको संघर्ष हो।”

प्रदेश नम्बर १ का केन्द्रीय सदस्य र प्रवास विभाग प्रमुख नरेन्द्र थुलुङले “थाङ्मीचागु डट कम”लाई दिएको जानकारीमा भनेका छन्, “हाम्रो समुदायले दशैं बहिष्कार गर्दै ऐतिहासिक शहीदहरूको सम्झनामा एकता देखाएको छ। यसले हामीलाई एकसाथ आउन र हाम्रो सांस्कृतिक पहिचानलाई सधैं जोगाउन प्रोत्साहित गर्नेछ।”

कार्यक्रममा उपस्थित नेताहरूले शहीदहरूको सम्झनामा बोल्दै भने, “हाम्रो सांस्कृतिक अस्तित्वको रक्षा गर्न र मूलवासी जनताको अधिकारका लागि यो अभियान अत्यन्त महत्वपूर्ण छ।”

यसबाहेक, विभिन्न स्थानहरूमा गरिएका विरोध र प्रदर्शनहरूले मूलवासी समुदायका सदस्यहरूलाई एकजुटता र संघर्षको आवश्यकतालाई रेखाङ्कित गर्ने काम गरेका छन्। यसले भविष्यमा पनि मूलवासी अधिकारको रक्षा गर्न र सांस्कृतिक पहिचानको सुनिश्चितता गर्न सशक्त आवाज बनाउनको लागि मूलभूत आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

Oplus_131072

यस प्रकारको ऐतिहासिक अभियानले मूलवासी समुदायका सदस्यहरूलाई सांस्कृतिक पहिचानको रक्षा गर्दै ऐतिहासिक सहिदहरूको सम्झनामा एकजुट गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *