दोलखाको विगु गाउँपालिकामा वराङ का झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु

0Shares

दोलखाको विगु गाउँपालिकामा वराङ का झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु

थाङमिचागु डटकम संवाददाता

चरिकोट । दोलखाको विगु गाउँपालिकामा झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर २ वराङका अन्दाजी २२ वर्षिय धिरज ठकुरी रहेका छन् । स्थानीयका अनुसार दुई दिन अघि स्थानीय २९ वर्षिय नारायण तामाङसँग आपसी झगडापछि ठकुरी बिरामी परेका थिए ।

त्यसपछि उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालको प्रारम्भिक एक्सरे रिपोर्टमा मृतकको छातीको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याईएको छ । 

ठकुरीसँग झै–झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घट्नाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिर्पोट आएपछि मृत्युको कारण भन्न सकिने जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *