तमू समाज मलेसियाले विशेष तयारीका साथ तमू ल्होसार पर्व मनाउने

0Shares

तमू समाज मलेसियाले विशेष तयारीका साथ तमू ल्होसार पर्व मनाउने

सोमबार २१ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

तमू समाज मलेसियाले यस वर्षको तमू ल्होसार पर्व विगतका वर्षहरूभन्दा भव्य र विशेष तरिकाले मनाउने निर्णय गरेको छ। मिति ०६/१०/२०२४ का दिन तमू समाज मलेसियाको कार्यसमितिको मासिक बैठक सम्पन्न भई, यसपटकको ल्होसारलाई पिकनिकको रूपमा मनाउने निर्णय गरिएको छ। बैठकमा यस वर्षको ल्होसारलाई तमू समुदायबीच आपसी मेलमिलाप, संस्कृति संरक्षण, र भाइचारा सुदृढ गर्न विशेष कार्यक्रमको रूपमा मनाइने निर्णय लिइएको हो।

रावांङको सुन्दर पिकनिक स्पोर्ट पर्वको लागि स्थानको रूपमा चयन गरिएको छ, जहाँ समुदायका सदस्यहरूले प्राकृतिक वातावरणमा रमाइलो गर्दै ल्होसारको सांस्कृतिक महत्त्वलाई जीवन्त बनाउने योजना छ। ल्होसार पर्वको मिति ०५/०१/२०२५ (आइतबार) तोकिएको छ।

सहभागीहरूको सुविधाका लागि कोलालम्पुर (केएल) कोताराय लाई केन्द्र बनाएर दुईवटा बस सञ्चालन गरिनेछ। यसले पिकनिक स्पोर्टसम्म जाने-आउने यात्रालाई सहज बनाउनेछ। पिकनिक स्थलमा तमू समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम, खेलकुद, र विविध मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिने छ, जसले समुदायलाई एक ठाउँमा ल्याई सामाजिक एकता बलियो बनाउनेछ।

तमू समाज मलेसियाका अध्यक्ष समिर गुरुङले थाङ्मीचागु डटकमलाई जानकारी दिँदै यसपटकको ल्होसार पर्वलाई विगतका वर्षहरूभन्दा विशेष बनाउनका लागि समाजले विविध तयारीहरू गरिरहेको र यो पर्वले मलेसियामा रहेका तमू समुदायका सदस्यहरूबीच आपसी सद्भाव, संस्कृति, र परम्पराको आदान-प्रदानलाई थप प्रगाढ बनाउने अपेक्षा रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *