बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी

0Shares

बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी

शनिबार १९ असोज २०८१

थाङ्मीचागु डट कम संवाददाता

मकवानपुर – बागमती प्रदेश सरकारले तीन वर्षअघि गठन गरेका मन्त्रालयहरूको ऐन अझै संशोधन नगरेको पाइएको छ। सत्ताको भागवण्डाका लागि बारम्बार मन्त्रालय विभाजन भए पनि आवश्यक कानुनी व्यवस्था मिलाउन ढिलाइ भएको हो।

२०७८ सालमा गठित स्वास्थ्य मन्त्रालयलाई अहिले पनि कानुनी अड्चनको सामना गर्नुपरिरहेको छ। सामाजिक विकास मन्त्रालयलाई विभाजन गरेर स्वास्थ्य सम्बन्धी जिम्मेवारी दिइए पनि सम्बन्धित ऐन अद्यावधिक भएको छैन। यसले गर्दा स्वास्थ्य मन्त्रालयको काम सामाजिक विकास मन्त्रालयकै ऐनअन्तर्गत भइरहेको छ।

प्रदेश सरकारले ऐन संशोधन नगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ। यसले थप कानुनी समस्याहरू निम्त्याएको भन्दै ऐनमा आवश्यक संशोधन गर्न सरकारले तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *