देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा, बाढी र पहिरोको जोखिम बढ्दै

0Shares

सोमबार १४ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा, बाढी र पहिरोको जोखिम बढ्दै

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ, जसका कारण लगातारको वर्षाले विभिन्न नदीहरूको जलस्तर खतराको तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौँको बालकुमारीस्थित मनोहरा खोला, ललितपुरको खोकनामा बागमती, धनकुटामा अरुण र तमोर नदी, सिन्धुली र भोजपुरमा सुनकोशी नदी, र मकवानपुरको भोर्लेनीमा बागमती नदीको जलस्तर खतराको तहमा पुगेको छ।

काठमाडौँ उपत्यकाका केही क्षेत्रमा जलस्तर घट्न थाले पनि अन्य क्षेत्रमा नदीहरूको जलस्तर बढ्दो क्रममा रहेकोले जोखिम कायमै छ। सिन्धुपाल्चोकको सुनकोशी नदीमा समेत चेतावनीको तहमा जलस्तर रहेको छ। बाढीको उच्च जोखिमका कारण स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ भने उद्धार तथा जनपरिचालनका लागि तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *