नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मेयर महतोको अगुवाईमा “९ “औं स्थापना दिवस” भव्यताका साथ मनाईयो ।।।
मेयर महतोको अगुवाईमा “९ “औं स्थापना दिवस” भव्यताका साथ मनाईयो ।।।
थाङमिचागु डटकम संवाददाता

बद्री नारायण महतो, असोज १ । सिरहा जिल्लाको धनगढीमाईका भद्र सालिन र बौद्धिक मेयर शिवशंकर महतोको अगुवाईमा भव्यताका साथ धनगढीमाई नगरपालिकाको स्थापना दिवस मनाइएको छ ।
नगरको स्थापना दिवसको अवसरमा मंगलबारका दिन नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो , वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु, स्वास्थ्य कर्मीहरु, वडाका कर्मचारीहरु, नगर प्रहरीहरु, नगरकाकर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको सक्रिए सहभागीतामा सरसफाई तथा वृक्षारोपन लगायतका कार्यक्रमहरु गरी ९औं स्थापना दिवस मनाइएको छ ।
आयोजित कार्यक्रममा नगर प्रमुख महतोले वृक्षा रोपण समेत गरेका थिए ।
स्थानिय सडकमा र्याली सहित स्थापना दिवस मनाईरहँदा नगरबासी मेयर महतोको विचारणीय र बौद्धिकताको उच्च मूल्याङ्कन गरेका छन ।
मेयर महतोको पछिल्लो कदमहरूको आम जनताले मूल्यांकन गर्दै उनलाई सहनशील मेयरको संज्ञा दिन थालेका छन ।
हरेक कुरामा विचार गरेर अघि बढ्दै आएका मेयर भद्र र सालिन क्षबिका धनी मानिन्छन् । आजको कार्यक्रममा नगरका सबै जनप्रतिनिधि , कर्मचारी लगायत सबै एकै ठाउँमा उभिएर नगर स्थापना दिवस मनाएको देख्दा आम नगरबासिमा खुशीयाली छाएको छ ।









