नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव
पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव
थाङमिचागु डटकम संवाददाता
३१ भाद्र २०८१, सोमबार

काठमाडौं– पाँच लाखसम्मको निक्षेप राखेका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न संसदीय छानविन समितिले सुझाव दिएको छ । सहकारीको समस्या समाधान गर्न गठित समितिले पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।
सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनले सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भइ पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरि फिर्ता गर्नुपर्ने समितिको निष्कर्ष छ । पछि, सरकारले पछि बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक रुपमा सुरु गर्न सुझाव दिएको छ ।
त्यस्तै, ठूला बचतकर्ताको हकमा बचत रकम कानुन बमोजिम स्रोत खुलाइ करको दायरमा ल्याइ फिर्ताका लागि सहजीकरण गर्न सुझाव दिएको छ ।





