भाईरल बाबाको कालो कर्तुतको पर्दाफास गर्न मीडियालाई स्थानियको आग्रह ।।।

0Shares

भाईरल बाबाको कालो कर्तुतको पर्दाफास गर्न मीडियालाई स्थानियको आग्रह ।।।

थाङ्मीचागु डटकम सम्बादाता ३० । सिरहाको लहान – २२ गम्हरिया घर भएका भाईरल बाबाको नामले परिचित रामवृक्ष शाह पेशेवर कालो कर्तुतसहितको लुट धन्धामा लागिपरेका छन् ।

पाँच जना छोरा मध्ये तीन छोराहरू समेत उनीसँगै लुट धन्धामा लागिपरेका छन् । पहिले पहिले स्थानिय फूलवारी मेला लगायतका ठाउँहरूमा फुक्ना (बेलुन) , डिबि लगायत गाउँघरमा तेल र पिना (खैइर) बेच्दै आएका उनले पछिबाट जडिबुटी गाउँघरमै बेच्न थालेको बताईन्छ ।

स्थानिय स्तरमा उनलाई नपत्याएपछि उनी सिराहाको माडरमा कोठा लिएर स्थानिय हाट बजारमा जडिबुटी बेच्दै आएका थिए । उनको फटाईको राज खुल्दै गएपछि उनी उक्त ठाउँबाट लखेटिएपछि सिरहाको नरहामा केही समय जडीबुटीको व्यापार गर्दै बसेका थिए । लुट धन्धामा लागिपरेका उनलाई उक्त ठाउँमा सहज नभएपछि चोहर्वा आई बसे ।

पछिल्लो समय मिर्चैया रोजेका उनले बेच्दै आएको जडिबुटी र झारफुकको झुठो राज खुल्न थालेपछि उनी हाल लाहान १ स्थित आफ्नै घरमा बस्दै आएको उनी भाईरल बाबाको नामले परिचित छन् ।

उनीकहाँ उपचारमा आउने व्यक्तिलाई बोल्न लगायर सामाजिक सञ्जालमा उनको छोराहरूले विभिन्न एपसको प्रयोग गरेर राख्दै आएको अवस्था रहेको छ ।
उनी कहाँ दैनिक २०० देखि ३०० सख्यामा धामी झाक्रीको काम लिएर मानिसहरू आइरहेको छ । प्रत्येक व्यक्तिबाट १५ सयको दरले रकम असुली गर्दै आएको छ । आजभोलि उनको कालो कर्तुतको बारेमा सामाजिक सञ्जाल तातिएपछि उनी कर्तुत छल्कन भारत पुगेका छन् ।

बिना प्रमाण गैरकानूनी तवरबाट गलत धन्दामा लागेका भाईरल बाबाको दैनिक कमाई तीन लाख देखि चार लाखसम्म हुने गरेको श्रोतको दाबी छ ।

एक पार्टीको गाउँ कमिटी सभापति समेत रहेका उनले लाहान ६ स्थित एक मन्दिर ,स्थानिय बेली डिहिबार मन्दिर र कल्याण दह आधारभूत विद्यालय लगायतका ठाउँहरूमा उनलाई अन्य व्यक्तिबाट दानको रूपमा प्राप्त भएको घण्टीमा दाताको नाम मेंटर भाईरल बाबाले आफ्नो नाम राखेर दान गरेको स्थानिय बताउँछन् ।

अत्यन्त नाजुक आर्थिक स्थिति भएका उनले सम्पति आर्जनको गलत रवैया अपनाए पनि उनीमाथि सिरहा प्रशासनले हालसम्म कुनै कदम चालेको देखिँदैन ।

यता ताल न बेतालको गलत भिडियो बनाएर उनको प्रचारबाजीमा लागेका व्यक्तिहरूले नेपालको संविधान र कानुनको धज्जी उडाएको समेत अवस्था रहेको छ ।

उनलाई कतिपय मिडियाकर्मीहरुले भेट्न जाँदा गम्छा ओढाएर सम्मान गरे जस्तो गरेपछि उनी पनि चुप लागेर फर्किएको अवस्था रहेको देखिन्छ ।

उनको प्रचारमा केही यूट्यूबर समेत उको गुण गान गाएको अवस्था छ । समाज परिवर्तनको दिशामा लागेका यस्ता व्यक्तिहरूले गलत रवैयाको पर्दाफास गर्नुको सट्टा मलजल गर्नु कुनै हिशाबले ठीक होइन । भाईरल बाबाको जडिबुटी सहितको औषधी बेच्ने तरिका अचम्मको छ । उनले गरेको झारफुकबाट कुनै असर नपरेको उनको गाउँलेहरू बताउँछन् ।

गलत रबैयामा लागेका उनको सम्पति तत्काल छानबिन गरी उनलाई मलजल गर्ने सबैमाथि तत्काल कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *