बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते ।।।

0Shares

बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते

थाङ्मीचागु डटकम सम्बादाता ३० भदौ २०८१

दोलखा, १५ सेप्टेम्बर — गाैरीशंकर गाउँपालिका-४ झ्याकुमा आइतबार साँझ भएको बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

बा २० च ७२६६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार, दुर्घटनामा ७५ वर्षीय काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसि शेर्पाको मृत्यु भएको छ।

घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि लगिएको छ। बोलेरो जिप वडा कार्यालय नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारण र अन्य विवरणहरूको अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *