सिराहा जिल्लाको पालिकामा देखियको द्रिश्य

0Shares

सिराहा जिल्लाको पालिकामा सोफामा पल्टिएर कर्मचारीहरु मोबाईल चलाईरहेको द्रिश्य

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ २९ । पछिल्लो समय सिराहा जिल्लाको विभिन्न पालिकाहरुमा जनप्रतिनिधिहरु कार्यालय समयमा नहुँदा आम जनताको काम एकातिर प्रभावित भएको छ भने अर्कोतिर जनप्रतिनिधिको कोठामा एसीयुक्त कोठा भएको कारण हाल वर्तमान अवस्थाको गर्मी छल्न सेवाग्राही जनप्रतीनिधि कार्यालयमा नहुँदाको फाईदा उठाउदै आएका छन् ।

सिराहा जिल्लाको एक पालिकाको प्रमुख कोठामा काम लिएर पुगेका सेवाग्राहीहरु टेबुलमा खुट्टा राखेर बसेको छ भने अर्कोतिर सोफामा पल्टिएर मोबाईल चलाईरहेको स्पष्ट देखिन्छ । उक्त समयमा पालिका प्रमुखको कुर्सी खाली देखिन्छ ।

कार्यालयमा प्राय जनप्रतिनिधि र कर्मचारीहरु कार्यालय समयमा भेटिन मुश्किल हुन थालेका छन । आम जनताको अमूल्य मतबाट निर्वाचित भएर खादा र माला लगाउनमा व्यस्त रहेको वर्तमान अवस्थामा जनताप्रति स्थानिय सरकारहरु उनुत्तरदायी भूमिकामा रहेपछि सिरहाका अधिकांश पालिकाहरुमा यस्ता दृश्यहरु देखिन थालेका छन ।

निकायमा आम जनताले वास्तविक स्थितिको बारेमा जानकारी गराउँदा सुनुवाई नभएर उल्टै राजनीतिक संरक्षणको बातावरण सिर्जना भएको कारण सार्वजनिक प्रशासन कमजोर बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *