बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
डोल्पामा ६० औं राष्ट्रिय बाल दिवसको भव्य आयोजना ।।।
डोल्पामा ६० औं राष्ट्रिय बाल दिवसको भव्य आयोजना ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ २९ – डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं. ३ स्थित दुनै बजार र विद्यालयहरुमा ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
“सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत आयोजित यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सक्रिय सहभागिता जनाए । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा र्यालीको आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले बजार परिक्रमा गर्दै बाल अधिकार र शिक्षा सम्बन्धी सन्देश फैलाए ।

यस अवसरमा बाल अधिकार, शिक्षा र सुरक्षाको महत्वका विषयमा जनचेतना फैलाउनका लागि विभिन्न गतिविधिहरू संचालन गरिए । स्थानीय जनसमुदाय र शिक्षकहरूको सहयोगमा सम्पन्न यस कार्यक्रमले बालबालिकाको समृद्धि र विकासमा थप योगदान पुरयाउने आशा गरिएको छ ।





