लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
गाउँमा मलामी पाउनै मुस्किल, चार जनाले घाट पुर्याए शव
गाउँमा मलामी पाउनै मुस्किल, चार जनाले घाट पुर्याए शव
थाङमिचागु डटकम संवाददाता

सिन्धुलीमा एक महिलाको मृत्युपछि मलामीको अभाव हुँदा शव उठाउन समस्या भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा हुँदा शव उठ्न ढिलाइ भएको थियो ।
गाउँघरमा हारगुगार गरेपछि चार जना मलामी जम्मा भएका थिए । एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठाइएको थियो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हाे ।
रोजगारी खोज्दै विदेश जानेहरुको संख्या बढेसँगै गाउँ गाउँ रित्तिँदै गइरहेको हुँदा मलामी अभाव भएको स्थानीयले बताएका छन् । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा टन्न मलामी हुने गरेको भएपनि पछिल्लो केही वर्ष यता मलामी पाउँनै मुस्किल हुन थालेको वडाध्यक्ष युवराज पहाडीले बताए





