मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
प्रधानमन्त्री केपी शर्मा अोलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ ।
थाङ्मीचागु डटकम संवाददाता
शनिबार, ०८ भदौ २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ । अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली जाने निश्चित भएको हो ।
त्यसको तयारी परराष्ट्र मन्त्रालय जुटिसकेको छ । सेप्टेम्बर २३ देखि सुरु हुने महासभाका लागि प्रधानमन्त्री ओली सेप्टेम्बर २१ वा २२ मा अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली अमेरिका जाने निश्चित भए पनि सेप्टेम्बर २१ वा २२ मध्ये कहिले जाने भनेर समय निश्चित भइसकेको छैन ।
‘यी दुइटा मितिमध्ये एउटामा उहाँ अमेरिका जानुहुन्छ,’ ती अधिकारीले भने । उनका अनुसार मितिको बारेमा छलफल भइरहेको छ र चाँडै नै अन्तिम मिति सार्वजनिक गरिनेछ ।
उता, भदौ १८ र १९ गते थाइल्यान्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अनिश्चित भएको छ । थाइल्यान्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलन नहुने देखिएको हो ।
थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाइ अनियमितता गरेको भन्दै त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको छ । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भइन् । बिमस्टेक सम्मेलन अन्योलमा परेपछि प्रधानमन्त्री ओली यूएनको महासभामा भाग लिन अमेरिका जाने तयारीमा जुटेका छन् ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच बैंककमा साइडलाइन वार्ता हुने तय थियो । मोदी पनि अहिले थाइल्याण्ड जाने तयारी छाडेर युरोप भ्रमणमा निस्केका छन् । उनी पनि यूएनको महासभामा भाग लिन जान भनिएको छ ।
अमेरिकामै मोदी र ओलीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री ओलीको यो अमेरिका भ्रमण नभएर यूएनको महासभामा भाग लिन अमेरिका जान लागेको भनेर बुझ्नुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीलाई अमेरिकाले निमन्त्रणा दिएर बोलाएको होइन । उहाँ यूएनको निमन्त्रणामा अमेरिकामा हुने कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । त्यसैले प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण अमेरिका भनेर मिल्दैन ।’
प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भ्रमण भारतबाट नै हुने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । तर प्रधानमन्त्री ओलीले भारतबाट नै आफ्नो पहिलो भ्रमण गर्ने पार्टी निकट स्रोतले जनाएको छ ।
२०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यति बेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो ।
प्रचण्डले चीनबाट फर्केपछि एयरपोर्टमै प्रतिक्रिया दिँदै भनेका थिए, ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक हो, पहिलो औपचारिक भ्रमण भारत नै हुन्छ ।’
केपी शर्मा ओली





