मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ ।
थाङ्मीचागु डटकम संवाददाता
शनिबार, ०८ भदौ २०८१
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ ।
शनिवार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ५२ जनाको सुरक्षा फौजले बस पानी बाहिर निकालेको हो ।
बस निकाल्नको लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको थियो । पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार पनि बस निकाल्ने कार्य जारी रहने थापाले बताए । शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुवाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।
आज भारतीय एयर फोर्सको जहाजले दुर्घटनामा परेका २५ जना शव लिएर स्वदेश फर्किएको छ भने चालक र सहचालकको शव स्थलमार्गबाट लगिएको छ । घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँ बस दुर्घटना





