थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
थाङमिचागु डटकम संवाददाता

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
उक्त ठाउँमा आएको बाढी पहिराेले बन्द भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
जोखिमपूर्ण ठाउँमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका नागरिकले दुःख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिदा सयौं यात्रु अलपत्रमा परेका छन् ।




