थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा श्रीमती को घाइते
कानेपोखरीमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते
थाङमिचागु डटकम संवाददाता

मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी-७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हीराधन तामाङलाई आइतबार राति नियन्त्रणमा लिएको छ । हिजो राति १० बजेतिर हीराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।
श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेकी कविताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
छिमेकीहरूका अनुसार हीराधन झण्डै ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि घर फर्किएका थिए । तामाङ दम्पत्तिबीच यसअघि पनि सामान्य झगडा भइरहने गरेको बताइएको छ ।




