विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Friday, August 28, 2026
जङ्गलमा हराएका तीन भारतीय र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार
नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार
थाङमिचागु डटकम संवाददाता

भक्तपुर – भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा हराएका तीन भारतीय र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार गरिएको छ ।
पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा उनीहरु बाटो भुलेर जंगलमा नै अलपत्र परेका थिए । भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेललाई आज हलहले खोप (खोल्ची) क्षेत्रमा फेला पारिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।
पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले खोजीका लागि सबैमा आह्वान गरेका थिए । हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए।





